Home कला नेवा पुचः मा पुनः श्रेष्ठ

नेवा पुचः मा पुनः श्रेष्ठ

हेटौंडाः नेवा पुचः चौकित्वाको अध्यक्षमा पुनः सिद्धिलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको पुचःको १३ औं साधारण सभाले ७ सदस्यीय पुचः सर्वसम्मत चयन गरेको हो ।

पुचःको उपाध्यक्षमा कृष्णलाल श्रेष्ठ, सचिबमा राजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ, सदस्यमा रजनी श्रेष्ठ, निलम श्रेष्ठ र अन्जु श्रेष्ठलाई चयन गरेको छ । साधारणसभाबाट लेखा समिति संयोजकमा बिष्मिता श्रेष्ठ, ऋण उपसमितिको संयोजक विष्णुलाल श्रेष्ठ, सदस्यमा शिवराज श्रेष्ठ र मानकुमारी श्रेष्ठ (रमा) लाई चयन गरेको छ ।

यस्तै पुचःको सल्लाहकारमा शम्भु नकर्मी, केदारलाल श्रेष्ठ र भिम कुमार श्रेष्ठलाई चयन गरेको छ । पुचःका अध्यक्ष सिद्धिलाल श्रेष्ठको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।

Exit mobile version