हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आज नगरका चारवटा वडाका १ हजार १ सय १५ परिवारका लागि राहत सामग्री पठाइएको जनाएको छ । आफ्नै बजेटबाट राहत सामग्री खरिद गरेर हिजो बुधबारदेखि राहत वितरण गर्न सुरु गरेको उपमहानगरपालिकाले आज बिहिबार वडा नम्बर २, ९, १० र १७ मा राहत सामग्री पठाएको उपमहानगरपालिकाका विनोद सुवेदीले जानकारी दिनुभयो ।
२ नम्बर वडामा २ सय ५०, ९ र १० नम्बर वडामा ३/३ सय परिवार र १७ नम्बर वडामा २ सय ६५ परिवारलाई राहत सामग्री पठाइएको छ । उपमहानगरपालिकाले प्रतिपरिवार १५ केजि चामल, २ केजि दाल, २ लिटर तेल, १ केजी नुन र नुहाउने साबुन ४ वटा वितरण गरिरहेको छ ।