सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा २४ घण्टाको अवधिमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा २३ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले बुधबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १० जना कारोना संक्रमणमुक्त भएका छन् । अहिले मकवानपुर जिल्लामा कोरोनाका १२ जना सक्रिय संक्रमित छन् ।