हेटौंडाः लक्ष्मण बजगाईको “श्रमशक्ति व्यवस्थापन” नामक पुस्तक हेटौंडामा विमोचन भएको छ । मंगलबार बागमती प्रदेशसभा सदस्य पे्रम बहादुर पुलामीको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो ।
पुस्तक विमोचनमा बोल्दै लक्ष्मण बजगाईले यस पुस्तक १६ औं कृतीको रुपमा रहेको बताउनुभयो । उहाँले पुस्तकमा श्रमशक्ति ब्यवस्थापनको बारेमा चर्चा गरिएको जानकारी दिनुभयो । सरकारी जागिरका लागि मानिस धेरै बेरोजगार बस्नु परेको बताउनुभयो । राज्यमा आफैले उद्योग स्थापना गरी उत्पादन गर्नसके हाल विदेशिएको मुद्रा संचित भई विदेशी मुद्रा आर्जन गर्न सकिने कुरामा उहाँले जोड दिनुभएको छ ।
श्रमशक्ति ब्यवस्थापन पुस्तकको समिक्षा शिक्षक रामचन्द्र फुर्सतिले गर्दै समय अनुसार पुस्तक रहेको बताउनुभयो । पुस्तकमा श्रमिकको अवधारणा, संरचना र व्यवस्थापन जस्ता सम्पुर्ण श्रम व्यवस्थापनको विषय समावेश भएको बाताउदै फुर्सदीले पुस्तकमा केही भाषागत त्रुटी रहेकोले आगामी दिनहरुमा सुधार गर्न आग्रह गर्नुभयो ।
पुस्तक विमोचन गर्दै पुलामीले श्रमिकको लागि यस पुस्तक उपयुक्त भएको बताउनुभएको छ । पछिल्लो समयमा मानिसमा पुस्तक किनेर पढ्ने बानि हराउँदै गएको भन्दै पुलामीले यस पुस्तकको अध्ययनबाट श्रम व्यवस्थापनमा सरकारी तथा गैरसरकारी संस्थालाई सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले संसार श्रमले चलेको भन्दै सरकारले दक्ष श्रमिक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । यस पुस्तकले श्रमिकको क्षमता बौद्धिक रुपमा विकास हुने बताउनुभयो ।
पुस्तक विमोचन कार्यक्रम पुस्तक प्रकाशक कृष्णप्रसाद कँडेलको अध्यक्षता भएको हो ।