हेटौंडाः क्यूपेक नेपाल जिल्ला युवा कमिटी मकवानपुरमा सन्तोष न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । ५ औं युवा भेला तथा पुनर्गठनले न्यौपानेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा सन्तोष लम्साल, सचिवमा मदन घिमिरे, सहसचिवमा निराज थापा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रुपेश यादव, विनोद परियार, श्रीकृष्ण राई, चन्द्रप्रसाद दाहाल, राजिव खड्का, रिना माझी, मिना थिङ, कल्पना गोले चयन भएका छन् ।

यस्तै एक जना सदस्य कार्यसमितिको बैठकले पछि मनोनयन गर्ने क्यूपेक जिल्ला युवा कमिटीका इन्चार्ज मनोज सुवेदीले जानकारी दिनुभयो । कमिटीका अध्यक्ष न्यौपानेको सभाध्यक्ष तथा क्यूपेकका केन्द्रिय उपमहासचिव सोमबहादुर आलेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।