हेटौंडाः हेटौंडा १८ रामधुनीमा हर्नामाडी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको भवन शिलान्यास गरिएको छ । आज बुुधबार एक कार्यक्रमका बिच हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँले भवनको शिलान्यास गर्नुभएकोे हो ।
भवन निमार्णका लागि ३० लाख रुपैयाँ लाागत लाग्ने अनुमान गरिएको वडाध्यक्ष बानिँयाले जानकारी दिनुभयो । ४ कोेठे भवन असोजको दोस्रो सातासम्म निर्माण सम्पन्न हुने बानियाँले बताउनुभयो । गोर्खालहरी प्रालिको आर्थिक सहयोगमा भवनको निर्माण हुने उहाँले बताउनुभयो । हेटौंडा, बकैया र मकवानपुरगढीका स्थानीयलाई सेवा लिन सहज हुने भएकाले रामधुनीमा वर्थिङ सेन्टर भवनको निमार्ण गर्न लागिएको अध्यक्ष बानियाँले बताउनुभयो ।