रक्तदान गर्नेलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री ढकाल ।

हेटौंडाः प्रदेश युवा परिषद हेटौंडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोस्रो दिन रक्तदान कार्यक्रम गरिएको हो । आज बिहान हेटौंडा बजारको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रममा १४ जना पुरुष र १ जना महिलाले रक्तदान गरेको ब्लड बैंकका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षमा रक्तदान कार्यक्रम भएको हो । भोली बिहीबार विद्युत प्राधिकरणले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।