पुस्तक सार्वजनिक गर्दै ।

हेटौंडाः मकवानपुरको आठौं जिल्ला सभा हेटौंडामा सुरु भएको छ । सभाको जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ ।

कार्यक्रममा ५ वर्षको कार्यक्रमको पुस्तक सार्वजनिक गरिएको छ । सभामा बागमती प्रदेशका राज्यमन्त्री सन्तकुमार चेपाङ लगायत राजनीतिक दलका नेता दस वटै स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको छ ।