Home खेलकुद राजु घलेको अध्यक्षतामा भलिबल संघको नगर समिति सर्वसम्मत

राजु घलेको अध्यक्षतामा भलिबल संघको नगर समिति सर्वसम्मत

भलिबल संघको हेटौंडा उपमहानगर समितिका नवनिर्वाचित पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका भलिबल संघको अध्यक्षमा राजु घले चयन हुनुभएको छ । जिल्ला भलिबल संघले शनिबार एक भेलाको आयोजना गरेर संघको नगर समिति चयन गरेको हो । संघको नगर समिति घलेको अध्यक्षतामा सर्वसम्मत चयन गरेको हो ।

भेलाले घलेको अध्यक्षता १४ सदस्यीय समिति गठन गरेको छ । एक जना भने मनोनित हुने जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । संघको उपाध्यक्षमा प्रकाश चौलागाईँ र विष्णु प्रसाद तिमल्सिना, सचिवमा त्रिविक्रम रुपाखेती र कोषाध्यक्षमा अर्चना शेर्पा चयन हुनुभएको छ ।

जिल्ला भलिबल संघकी उपाध्यक्ष चुँडाकुमारी खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौला, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की लगायतको आतिथ्य रहेको थियो । यसअघि मकवानपुरको मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकामा पालिकास्तरीय समिति गठन गरिएको छ ।

Exit mobile version