हेटौंडाः हेटौंडा–५ मा रहेको ‘हाम्रो घर’ बालगृहलाई ७३ हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको छ । शकुल एण्ड कम्पनिका प्रोप्राईटर शकुल श्रेष्ठले बालगृह संचालनको लाग सहयोग रकम आज बिहीबार बालगृहमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
उहाँले विभिन्न ६२ वटा व्यवसायिक संघसंस्थाहरुबाट आर्थिक रकम संकलन गरी नगद ७३ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको छ । विगत १४ वर्षदेखि अभिभावकविहिन र बेसाहारा बालबालिकाको संरक्षण, हकहितको लागि ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित “हाम्रो घर बालगृह” संचालनमा रहेको छ ।











