हेटौंडाः मकवानपुरमा आइतबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि हो ।
सात जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि हुने तीनै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसै अवधिमा ६ जना कोरोना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा अहिले १६ जना कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमा सबै जना होमआइसोलेसनमा उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।