हेटौंडाः आज साउन १५ अथात् खीर खाने दिन । “असार १५ दही–चिउरा खानु, साउनको १५ खीर” यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ ।

आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको हो ।