हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक बुद्धचोकमा नागरिकता विधेयकको विरोधमा एक समूहले शनिबार प्रदर्शन गरेको छ । संघीय सरकारले विवाह गरेलगत्तै नागरिकता पाउने व्यवस्थासहित नागरिक ऐनमा संशोधन गर्ने प्रयास गरेको विरोधमा सर्वसाधारणले विरोध गरेका हुन् । कालो पृष्ठभूमि भएको व्यानरका साथै प्लेकार्ड बोकेर नागरिकता विधेयकको विरोध गरिएको थियो ।