हेटौंडाः मंगलबार हेटौंडा क्याम्पस संचालक समितिको पहिलो बैठक बसेको छ । बैठकबाट ४ वटा उपसमिति निर्माण गरिएको हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिनुभयो ।

हेटौंडा क्याम्पसको सेवा समितिको संयोजकमा बद्रीनाथ शर्मा, छात्रवृत्ति समितिको संयोजकमा प्रदिप कोईराला, शैक्षिक गुणस्तर व्यवस्थापन समितिको संयोजकमा पुरणबहादुर जोशी र उच्च माध्यामिक व्यवस्थापन समितिको संयोजकमा बद्री चौलागाईँलाई चयन गरिएको छ । यस्तै क्याम्पस संचालक समितिमा थप २ जना सदस्यलाई मनोनित गरिएको छ ।

गत शनिबार सम्पन्न हेटौंडा क्याम्पसको १४ औं क्याम्पस सभाबाट निर्वाचित भएका सबै पदाधिकारीहरुलाई पदभार ग्रहण गराईएको छ । हेटौंडा क्याम्पस संचालक समितिको अध्यक्ष आनन्दराम पराजुलीको नेतृत्वमा बैठक बसेको थियो ।