सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २५ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा चार जनामा कारोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा ४ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मंगलबार हेटौंडा उपमहानगरपालिकाका ४ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्लामा हाल २३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा सबै जना होम आइसोलेसनमा बसेका छन् ।