हेटौंडाः जेसीआई बसामाडीको ‘जेसीज सप्ताह २०२२’ अन्तर्गत सोमबार हाम्रो घरलाई खाद्यान्न सहयोग गरिएको छ । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन सोमबार हेटौंडा २ सिचाईँटोल स्थित हाम्रो घरमा रहेका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको जेसिआइ बसामाडी २०२२ का अध्यक्ष जेसी चिराग अग्रवालले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्य तथा जेसिआइ बसामाडी २०२२ का अध्यक्ष जेसी चिराग अग्रवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बसामाडी जेसीजको निर्वतमान अध्यक्ष जेसी गौतम केसी, पुर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसी सरोज अधिकारी, जेसी सुरज डंगोल, जेसी मनिष घिमिरे, सह–कोषध्यक्ष जेसी दिपेन्द्र यादव र बुद्धराज अर्याल, सदस्य जेसी रमेश शर्मा, परमेश्वर पौडेल, ध्रुर्व गौतमको उपस्थिति रहेको थियो ।
आईतबारबाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम साउन १४ गते सम्म चल्नेछ । भोली मंगलबार अन्तर जेसिज फुटसल प्रतियोगिता सञ्चालन गर्ने र फुटसलमा जिल्लामा रहेका ६ वटा जेसीज शाखाहरुको सहभागी हुने जनाईएको छ । यस्तै बुधबार हेटौंडा–७ स्थित आशा स्कुलमा जेसीज युवा कार्यक्रम गर्ने, बिहीबार भीमफेदी गाउँपालिकास्थित बाल मन्दिरमा बालबालिकासँग जेसीज कार्यक्रम गर्ने, शुक्रबार बसामाडीस्थित महेन्द्र किरण माविमा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम गर्ने र शनिबार जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने जनाइएको छ ।