भूपनीधि पन्तलाई सम्मान गरेपछिको सामुहिक तस्विर ।

पोखराः स्वतन्त्र पत्रकार संघ नेपालले कानून व्यवसायी तथा अग्रज पत्रकार भूपनीधि पन्तलाई सम्मान गरेको छ । संघले शनिबार पन्तको घरमा नै पुगेर २५ हजार रुपैयाँ राशीको सामाजिक पत्रकारिता पुरस्कार २०७७ बाट सम्मान गरेको हो ।

शनिबार समाजसेवी तथा अक्षयकोषको सहयोगी लिलाभक्त आचार्यको प्रमुख आतिथ्यमा संघको केन्द्रिय पदाधिकारीहरुले घरमा नै पुगेर पुरस्कार हस्तान्तरण गरेको हो । पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत हुनु भएको पन्तले भैरव अर्यालबाट प्रभावित भएर लेख्न थालेको बताउनुभयो । उहाँले २००१ सालदेखि नै गोरखापत्र पढ्न सुरु गरेको स्मरण गर्नुभयो । कानून व्यवसायी समेत रहनु भएको पन्तले न्यायाधीश पनि कम्युनिष्ट भएपछि कानून व्यवसायी पनि त्यस्तै भएको सम्झनुभयो ।

पुरस्कृत हुनु भएको पन्तको बारेमा बोल्दै समाजसेवी तथा अक्षयकोषको सहयोगी पे्रमराज अधिकारीले भूपनीधिले आत्मसम्मान कहीँ कतै नगुमाएको जानकारी गराउनुभयो । पन्तको विद्वतालाई सबैले सम्मान गरेको उहाँको भनाई छ । समाजसेवीहरु लिलाभक्त आचार्य र प्रेमराज आचार्यले ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । कार्यक्रममा संघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोला, डा. इन्दुल किसी लगायतको उपस्थिति रहेको थियो ।