Home राजनीति कांग्रेसलाई गठबन्धन आवश्यकःबानियाँ

कांग्रेसलाई गठबन्धन आवश्यकःबानियाँ

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले नेपाली कांग्रेसलाई गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेसबाट मकवानपुरका पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै बानियाँले गठबन्धनकै कारण कांग्रेस मकवानपुरमा पहिलो पार्टी बनेको बताउनुभयो ।

नेपाली कांग्रेसलाई सिङ्गो राष्ट्रमा कांग्रेसमय बनाउन आगामी मंसिरमा हुने प्रदेश सभा र संघीय सभाको निर्वाचनमा पनि गठबन्धनलाई लिएर अगाडी बढ्नुपर्ने उहाँको धारणा छ । उहाँले नेपाली काङ्ग्रेसले आवश्यकता र औचित्यको आधारमा माओवादीसँग सधै गठबन्धन गरेर अगाडी बढ्न सक्ने बताउनुभयो । माओवादीबाट गठबन्धनमा घात हुन नसक्ने उहाँको दाबी छ । बागमती प्रदेश सभामा अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ३९ प्रतिशत सांसद रहेको र कांग्रेससँग ३५ प्रतिशत सांसद मात्र रहेकोले कांग्रेसलाई गठबन्धन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिनुहुँदै मकवानपुरमा आगामी निर्वाचनमा कांग्रेसमय बन्ने गरी काम गर्न जनप्रतिनीधिहरुलाई आग्रह गर्नुभयो ।

Exit mobile version