Home राजनीति कांग्रेसप्रति जनताको मन फर्कियोःउपसभापति खड्का

कांग्रेसप्रति जनताको मन फर्कियोःउपसभापति खड्का

नेपाली कांग्रेस केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्का

हेटौंडाः नेपाली कांग्रेस केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेसप्रति जनताको मन फर्किएको बताउनुभएको छ । आज बुधबार नेपाली कांग्रेसबाट मकवानपुरका पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाली कांग्रेस ३० पछि फेरी ठुलो पार्टी बनेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसप्रति जनविश्वास बढ्दै गएको भन्दै उहाँले नेपाली कांग्रेसले जनताको सेवाका लागि राजनीति गर्ने स्पष्ट पार्नुभयो । गत बैशाखमा सम्पन्न कांग्रेसका तर्फबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई उहाँले निर्वाचन अघि गरेको प्रतिबद्धता अनुसार सबैले काम गर्न आग्रह गर्नुभएको छ । जनप्रतिनिधि भइसकेपछि सबै साझा हुने हुनाले निष्पक्ष रुपमा काम गर्न अनुरोध गर्नुभएको हो । जनप्रतिनिधिको काम र व्यवहारले पार्टीमा क्षति हुन नहुने भन्दै उपसभापति खड्काले जनप्रतिनिधिहरुलाई मासिक बैठक बस्न समेत सुझाव दिनुभएको छ ।

Exit mobile version