हेटौंडाः नेपाली चलचित्रका महानायक राजेश हमाल हेटौंडा आउँदै हुनुहुन्छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको निमन्त्रणामा हमाल भोली मंगलबार हेटौंडा आउन लाग्नु भएको हो ।
एजुकेशन एक्सपोज–२०२२ कार्यक्रममा प्रमुख वक्ताको रुपमा हमाल हेटौंडा आउनु लाग्नु भएको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका कर्मचारी कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा हमालले विद्यालयतह सकेर उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई करीयर काउन्सील र मोटिभेश्नल विषयमा अभिमुखीकरण गराउने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको पठन पाठनसँग सम्बन्धित विषयमा कार्यक्रममा छलफल हुनेछ । कार्यक्रम भोली बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा हुँदैछ ।
