हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय सामसाद देवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ६ बजेको समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ कमलडाँडास्थित सडक खण्डमा फरेष्टीबाट पिप्ले तर्फ जाँदै गरेको प्रदेश २–०३–०२१ प ५४०६ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा देवानको साथबाट लागुऔषध फेला पारेको थियो । प्रहरीले देवानको साथबाट नाईट्रोभेट १ सय ५० ट्याब्लेट, अल्कोन ८० क्याप्सुल, कोडिवेल ३० बोतल लागुऔषध फेला पारेको हो । लागुऔषधसहित पक्राउ परेका देवान र उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।