Home मुख्य समाचार आजबाट साउने सोमबारको ब्रत सुरु

आजबाट साउने सोमबारको ब्रत सुरु

हेटौंडा-४ स्थित भुवनेश्वर महादेव मन्दिरमा पुजा गर्ने श्रद्धालुको भीड

हेटौंडाः साउने सोमबारको ब्रत आजबाट सुरु भएको छ । हिन्दू धर्मावलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी आज साउन महिनाको पहिलो सोमबारको ब्रत बस्छन् ।

विशेषगरी महिलाहरुले साउन महिनामा हरियो, पहेँलो र रातो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि महिलाहरुले देशभरका विभिन्न स्थानमा रहेको शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । यस पटकको साउन महिनामा पाँच वटा सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ ।

Exit mobile version