Home शिक्षा यूनाइटेडका विद्यार्थीलाई प्रशिक्षण

यूनाइटेडका विद्यार्थीलाई प्रशिक्षण

विद्यार्थीहरुलाई स्क्रवल खेल र अन्तरदेशीय कार्यक्रम सम्बन्धी प्रशिक्षण दिँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–८ को यूनाइटेड स्कुलमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुलाई स्क्रवल खेल र अन्तरदेशीय कार्यक्रम सम्बन्धी प्रशिक्षण दिईएको छ । विद्यार्थीहरुको क्षमता वृद्धी विकासको निम्ति प्रशिक्षण कार्यक्रम भएको हो ।

कार्यक्रममा विभस जंग थापाले सहजिकरण गर्नु भएको थियो । अन्तरदेशीय कार्यक्रममा यूनाईटेडका विद्यार्थीहरुलाई अफ्रिका र भेदनाम लगायत देशको शिक्षक र विद्यार्थीसँग इन्टरनेट माध्यमबाट कुराकानी गराईएको थियो । विदेशको शैक्षिक प्रणाली, कक्षा कोठाको अवस्था, सामाजिक अवस्था, भौगोलिक अवस्था र उनीहरूको आर्थिक अवस्था लगायतको विषयमा विद्यार्थीलाई भिडियोमार्फत् देखाइएको थियो । विद्यार्थीहरु अङ्ग्रेजी शब्दको निर्माण गर्न स्क्रवल बोर्डको विभिन्न समूहमा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष मातृका प्रसाद ढुंगानाको सभाध्यक्षतामा भएको प्रधानाध्यापक मनोज मोक्तानले समन्वय गर्नुभएको थियो ।

Exit mobile version