हेटौंडाः थाहा नगरपालिकाको भलिबल संघको अध्यक्षमा बसन्त गोपाली सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला भलिबल संघको आयोजनामा शनिबार भएको भेलाले गोपालीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
संघको उपाध्यक्षमा निरन थापा, सचिवमा सुजन बस्नेत, कोषाध्यक्षमा राधा गोपाली चयन भएका छन् । यस्तै, सदस्यहरुमा विशाल गोपाली, सुनिता वाईबा, बेल बहादुर बल, हरेराम कार्की, भाइकाजी बलामी, रामचन्द्र गोले र राजेन्द्र बलामी चयन भएका छन् । त्यसैगरी, संघको सल्लाहकारमा सुमन रायमाझी, शंकर लो र सुबित्र थिङ चयन भएका छन् ।
जिल्ला भलिबल संघको पालिकास्तरीय कमिटी गठन गर्ने अभियानअन्तर्गत थाहामा पनि भलिबल संघ गठन भएको हो । यस अघि मकवानपुरगढी गाउँपालिकामा भलिबल संघ गठन भईसकेको छ । साउन महिनाभित्रमा जिल्लाका १० वटै स्थानीय तहमा भलिबल संघ गठन गर्ने लक्ष्य रहेको जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
