क्षतिपुर्ति रकम बराबरको चेक लिएपश्चात्को तस्विर ।

हेटौंडाः हत्या गरिएकी तेस्रो लिंगीको परिवारलाई जिल्ला अदालतले सरकारी राहत कोषबाट क्षतिपुर्ति रकम प्रदान गरेको छ । शुक्रबार जिल्ला अदालत हेटौंडाले तेस्रो लिंगीकी आमालाई क्षतिपुर्ति बापत ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरको हो ।

एक तेस्रो लिंगी २०७६ माघ ८ गते क्याम्पा डाँडामा मृत अवस्थमा फेला परेकी थिईन । तेस्रो लिंगीको हत्या गरी साथमा भएको मोबाईल गरगहना लुटिएको थियो । प्रहरीको अनुसन्धानबाट तेस्रो लिंगीलाई जबरजस्तीकरणी गरी हत्या गरिएको पाइएको थियो । भुजेलको हत्यामा संलग्न ३ जनालाई जबरजस्तीकरणी र ज्यान मुद्दामा आजिवन कैद सजाए फैसला भएको छ । आजिवन कैद सजाएमा अभियुक्तहरु घनटाउके भन्ने सुनिल थापा मगर, ह्याक्चर भनिने बुद्ध लामा र आशिष बल रहेका छन् ।

जबरजस्तीकरणी र ज्यान मुद्दामा संलग्न रहेका बालिकालाई १६ वर्ष ज्यान मुद्दा र डाका तर्फ ६ वर्ष कैद फैसला भएको थियो । तेस्रो लिंगीको परिवारले क्षतिपुुर्तिको माग राखेका थिए । जिल्ला अदालत हेटौंडाले क्षतिपुर्ति भराउने गरि २०७८ माघ २० गते क्षतिपुर्ति भराउने निर्णय गरेको थियो । हेटौंडा जिल्ला अदालतले तेस्रो लिंगीको परिवारसहित ४ जनालाई जबरजस्तीकरणी मुद्दामा पीडितलाई सरकारी राहत कोषबाट १० लाख रुपैयाँ प्रदान गरेको छ ।