मुख्यमन्त्री पौडेललाई राहत सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल उद्योग परिसंघ (सिनआइ) ले बागमती प्रदेशलाई राहत सामाग्री सहयोग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज १ हजार पोका (चामल, चिउरा, तेल, दाल, नुन) लगायत सहयोग गरिएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले जानकारी दिनुभयो । बागमती प्रदेशले आवश्यक्ता अनुसार त्यसको वितरण गर्नेे उहाँले बताउनुभयो । उद्योग संघ मकवानपुरको समन्वयमा राहत सामाग्री प्रदेशको मुख्यमन्त्रीलाई हस्तारण गरिएको हो ।