हेटौंडाः बागमती गाउँपालिकास्तरीय माध्यामिक तहको हाजिरीजवाफ प्रतियोगितामा जनता माध्यामिक विद्यालय प्रथम भएको छ । सूर्य माध्यामिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा बागमती मावि द्वितीय, सूर्य मावि तृतीय र देवकी मावि सान्त्वना भएको सुर्य माविका पुर्व प्रधानाध्यापक प्रमोद राईले जानकारी दिनुभयो ।

हाजिरीजवाफमा गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिता विषयगत, भडियो पहिचान, सामान्य ज्ञान, चित्र पहिचान, र रेपिडफायर राउण्ड गरी पाँच चरणमा सम्पन्न भएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक रत्न बहादुर राईको सभाध्यक्षता एवम् बागमती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष यहुना राईको प्रमुख आतिथ्यतामा भएको हो । प्रतियोगितामा विजयीलाई कप तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा जनता माविका शिक्षक जय नेपाल थापा, सूर्य माविका सहायक प्रधानाध्यापक दिल बहादुर भोलन, शिक्षकहरु अभिनाश नेपाल, राजकुमार राई, दिनेश पौड्याल, सर्वज्ञ खरेल, यज्ञ लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।