राहत सामग्री वितरण गर्दै सहकारीका कर्मचारी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–११ स्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लक डाउनका बेला खाद्यान्न अभावले समस्या हुन सक्ने सहकारीका सदस्य समेत रहेका वडाका एक सय परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । प्रतिपरिवार १० केजी चामल, दाल, नुन र चिउरा १/१ केजी, तेल एक लिटर, साबुन ३ थान सहयोग गरिएको सहकारीका व्यवस्थापक गोकुल श्रेष्ठले जानकारी दिनुभएको छ ।
वडा कार्यालयकै समन्वयमा लक्षित घरपरिवारमै पुगेर सहकारीले राहत सामग्री हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष दिनेश विडारीको नेतृत्वमा प्रहरीको समेत सहयोगमा सहकारीका कर्मचारीको सहभागितामा हिजो र आज दुई दिन राहत वितरण गरिएको हो ।