हेटौंडाः हेटौंडाका व्यवसायी राजेश भेटवालले कोरोना भइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरणको अभियानलाई सहयोग गर्न मकवानपुरको राक्सिराङ र मकवानपुरगढी गाउँपालिाकालाई सहयोग गर्नुभएको छ । भेटवालले आफ्नो कम्पनि आरबी अर्बन विल्डर्स एण्ड सप्लायर्स प्रालिमार्फत राक्सिराङ गाउँपालिकालाई २ लाख रुपैयाँ र मकवानपुरगढी गाउँपालिकालाई १ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो ।
राक्सिराङ गाउँपालिका मकवानपुर जिल्लाको दुर्गम तथा लोपोन्मुख चेपाङ समुदाय बाहुल्य क्षेत्र हो । लक डाउनका कारण विपन्न परिवारलाई राहत स्वरुप आवश्यक खाद्यान्न वितरण गर्ने वा गाउँपालिकाको प्राथमिकताअनुसार जे काम गर्न चाहे पनि सहजता होस् भनी नगद सहयोग गरेको भेटवालले बताउनुभएको छ ।