हेटौंडाः बागमती प्रदेशको प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश सभाको असार १६ गते बसेको बैठकबाट पारित भई सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको हो ।
नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’’ प्रमाणिकरण गर्नुभएको छ ।
आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यस्तै, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले बताउनुभयो ।