मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेघा बैंकले सहयोग गरेको छ । बैंकको हेटौंडा शाखा प्रमुख निरन्जन देवकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैयाँको चेक आज हस्तान्तरण गर्नुभएको छ ।
विश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख देवकोटाले बताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । विपदको बेला सबै एकै ठाउँमा उभिनु पर्ने उहाँको भनाई थियो । यसअघि पनि विभिन्न बैंकहरुले प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको छ ।