मुख्यमन्त्री डोरमणि पौडेललाई पानी हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरका पानी व्यवसायीहरुले सुरक्षाकर्मी, कर्मचारीलगायत लक डाउनमा खटिनु भएकाहरुलाई ३ सय काटुन प्रशोधिन पानी सहयोग गरेका छन् । बागमती प्रदेशको मूख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् उक्त पानी सहयोग गरिएको नेचुरल वेभरेजका संचालक ध्रुव अधिकारीले जानकारी दिनुभयो ।
व्यवसायीहरुले मुख्यमन्त्री डोरमणि पौडेल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उक्त पानी आज हस्तान्तरण गर्नुभएको हो । अधिकारीका अनुसार मुख्यमन्त्री कार्यालयमा १ सय काटुन र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ सय काटुन पानी हस्तान्तरण गरिएको छ । अमृत जल, माइ च्वाइस, अक्वा इन्फिनिटी र जस्ट वाटर नामक प्रशोधित पानी सहयोग गरिएको छ ।