कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको नवनिर्वाचित समिति ।

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा नेत्रप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले खतिवडाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा जावेद हुसेन र दिपेन्द्र बानियाँ निर्वाचित हुनुभएको छ । महासचिवमा मधुसुदन अर्याल, कोषाध्यक्षमा दीपक तिवारी, सचिवमा सन्तोष घिमिरे, सह–कोषध्यक्षमा यदुकुमार ओलीसहित १६ सदस्यीय समिति चयन भएको संघका निवर्तमान अध्यक्ष तेजराज अधिकारीले जानकारी दिनुभएको छ । अधिवेशनको उद्घाटन कार्यक्रम बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो ।