हेटौंडाः मकवानपुरबाट ईलोक्ट्रोनिक्स सामान, नगदसहित अनलाईन जुवा खेलाउनेलाई मकवापुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक लाख ४५ हजार ७५ रुपैयाँ नगद, एक सय दश थान मोबाईल, डेस्कटप कम्प्यूटर ५ थान, ल्यापटप ३ थान र राउटर ४ थान बरामद गरेको मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मकावानपुरले जानकारी दिएको छ ।
सोेमबार बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कमलडाँडा स्थित रुकमणी न्यौपानेको घरबाट ईलोक्ट्रोनिक्स सामान, नगदसहित अनलाईन जुवा खेलाउनेलाई पक्राउ गरेको छ । न्यौपानेको घरमा तेस्रो र चौथो तल्ला भाडामा लिई संचालनमा आएकोे सुर्य प्रसाद टेक्नोलोजि प्राईभेट लिमिटेडमा पैसाको हार जित हुने गरी अबैध रुपमा अनलाई गेम (जुवा) खेल्ने खेलाउने गरेको फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा वडा नम्बर–९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौंडा–१४ चुरीयामाई बस्ने २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ बस्ने २३ वर्षीय बिकाश बल र मनहरी गाउँपालिका–४ मसिने बस्ने २० वर्षीय जोसिल खत्री रहेका छन् । पक्राउ पर्नेहरुमा गोरखा जिल्लाका ४ जना रहेका छन् । गोरखाको पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय डुलास तामाङ, २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, पालुङटार–८ बस्ने २५ वर्षीय अमोश तामाङ र बारा जिल्लाको निजगढ नगरपालिका–४ बस्ने २० वर्षीय अर्पण खड्का रहेका छन् । बरामद गरिएको ईलोक्ट्रोनिक्स सामान, नगदसहित अनलाईन जुवा खेलाउनेलाई नियन्त्रमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











