हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति मकवानपुरले बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालयलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाको पार्टी कार्यालयबाट र्याली गर्दै कृषि विकास निर्देशनालयमा पुगेर कृषि विकास निर्देनालयका प्रमुख भरत प्रसाद विडारीलाई राप्रपा कार्यकर्ताले ज्ञापनपत्र बझाएको हो ।
प्रदर्शनकारीले “किसानलाई समयमा मल बीउउ दे, सम्पूर्ण किसान एक हौ, किसान लाई राहात दे, किसान हकहीतको कानुन निमार्ण गर” विभिन्न नारा लगाउदै र्याली गरेका थिए । “नेपाल कृषि प्रधान देश भएता पनि किसानले विगत १ वर्षदेखि समयमा रासायनिक मल र बीउ नपाउँदा नेपालमा कृषितन्त्र घाटामा जाने र कृषि सामाग्री निर्यातमुखिभन्दा आयात मुखी हुँदै गयो । नेपालको बोडरबाट तस्कर र काला बजारी गरेर मलबाहक गाडीहरु धमाधम प्रवेश हुने तर, नेपाल सरकारका अधिकारीहरु चुपचाप रहि किसानको समस्या मात्रै रहि निरीह छ”, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।











