हेटौंडाः जिल्ला खेलकुद विकास समिति मकवानपुरले पुर्णता पाएको छ । सोमबार समितिमा चार सदस्य नियुक्त भएसँगै समितिले पुर्णता पाएको जिल्ला खेलकुद विकास मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिनुभयो ।
कार्यसमितिको सदस्यमा आलोक स्याङ्तान, उमेश बुढाथोकी, शोभा घिमिरे र रेणु लामा नियुक्त भएका छन् । आइतबार चार जनालाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले नियुक्त गर्नुभएको हो । कार्यसमितिको अध्यक्षमा भने यसअघि नै भेष खड्कीलाई नियुक्त गरिएको थियो । चार जना सदस्य र अध्यक्षसहित ५ जनाको जिल्ला खेलकुद विकास कार्यसमिति बनेको छ ।











