हेटौंडाः मदन भण्डारीको ७१ औं जन्मजयन्तीमा हेटौंडामा रक्तदान कार्यक्रम भएकोे छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा ४० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष राघु खुलालको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
