हेटौंडाः हेटौंडामा आधारभूत तहको नगरस्तरीय निबन्ध प्रतियोगिता हुने भएको छ । वनदेवी आधारभूत विद्यालय हेटौंडा—१५ को आयोजना तथा शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आधारभूत तह कक्षा (६—८) नगरस्तरीय निबन्ध प्रतियोगिता आगामी असार १३ गते हुने भएको हो ।
कोरोनाले शिक्षामा पारेको प्रभाव शिर्षकमा प्रतियोगितामा सहभागीहरुले निबन्ध लेख्नुपर्ने शिक्षक भावना सापकोटाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरभरका ७, ८, १४ र १५ वडाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउने बताउनुभयो । ५ सय वटा शब्दमा निबन्ध लेख्नुपर्ने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना(२ जना) हुनेहरुले क्रमशः ६ हजार, ४ हजार, २ हजार र एक हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरिने उहाँले जानकारी दिनुभयो ।