स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

हेटौंडाः हेटौंडा–२ वनस्खण्डी निवासी साहित्यकार डा. गणेशकुमार पौडेलको असामयिक निधन भएको छ। लामो समयदेखि कलेजोको क्यान्सरबाट ग्रसित ७३ बर्षिय पौडेलको चुरेहिल हस्पिटल हेटौंडामा उपचारको क्रममा आज बिहान करिब १० बजेको समयमा निधन भएको हो ।

पौडेल सिस्नुपानी मकवानपुरका निवर्तमान अध्यक्ष तथा परिवार नियोजन अधिकृतका रुपमा समेत लामो समय सेवा गर्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो । स्वास्थ्य र साहित्य सम्बन्धि उहाँका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । साथै उहाँ समृद्ध समाज दैनिकको लेखकसमेत हुनुहुन्थ्यो ।