हेटौंडाः नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, नक्साल दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवन महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक दिपा कार्की जेठ महिनाको बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । कार्कीलाई सोमबार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले प्रदेशको जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
कार्कीले आफुलाई सुम्पिएको जिम्मेवारी इमान्दारी पुर्वक ढंगबाट सम्पादन गर्दै बैशाख १९ गते चितवन भरतपुर महानगरपालिका–११ बस्ने आफ्नै १२ वर्षकी नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको कसुरमा वर्ष ४० को ( परिवर्तीत नाम ) युबराज रुम्बालाई र जेठ १९ गते ९ वर्षकी नाबालिकालाई ललाई फकाई जवरजस्तीकरणी गर्ने ५८ वर्षिय ( परिवर्तीत नाम ) उपेन्द्र खवास थारुलाई तत्कालै पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै लैङ्गिक तथा घरेलु हिंसा सम्बन्धी विवादास्पद ५० वटा उजुरीहरुमा मिलापत्र गराउनुका साथै महिला तथा बालबालिकासँग सम्बन्धित जघन्य प्रकृतीका ६ वटा मुद्दामा सफल अनुसन्धान गर्न प्रभावकारी भुमिका निर्वाह गरेको, विभिन्न मितिमा हराई बेपत्ता रहेका मानिसहरुको खोजतलास गरी जेठ ३० गते सम्म २७ जनालाई सकुशल फेला पारी आफन्तको जिम्मा लगाउन सफल भएको उल्लेख छ ।











