कुमारी बैंकको १० लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः बागमती प्रदेश कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक र कृषि बिकास बैंकले सहयोग गरेका छन् । आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

कृषि विकास बैंकको पाँच लाख रुपैया सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

कुमारी बैंकको हेटौंडा शाखाका प्रमुख कृष्ण प्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका हुन् भने कृषि बिकास बैंकको तर्फबाट बैंकको प्रदेश कार्यालयका निर्देशक जगदिश्वर पन्थीको टोलीले ५ लाख सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सिद्धार्थ बैंकले १० लाख, सिटिजन्स बैंकले ७ लाख, नेपाल बैंकले ५ लाख सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । यस्तै गोर्खा लाहारीले १० लाख तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । विभिन्न क्षेत्रको सहयोग आउने क्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नु भएको छ ।