एकादेशमा एउटा घना जंगल थियो । वनमा जनावरहरु बस्थे । वनमा बाघले राज चलाउन खोज्थ्यो । सबै जनाहरुलाई आफ्नो अधीनमा राखेर आफू चाहिँ राजा भएको महसुस गथ्र्यो ।
एकदिनको कुरा हो । सिकारी सिकार खेल्न वन पस्यो । दिनभर कुनै जनावर भेटाएन । तर साँझमा बाघ देख्यो । सिकारीले त्यस बाघको सिकार गर्ने विचार ग¥यो । रात पर्न लागेकाले उसलाई डर लाग्यो र ऊ भोलि आउने विचार गरी घर फक्र्यो । एउटा बटुवा त्यही बाटो आयो र उसले बाघलाई पिँजडामा देख्यो र बाघप्रति दया जागेर आयो । उसले बाघलाई पिँजडाबाट बाहिर निकालिदियो । धेरै दिनदेखि भोकाएको बाघले उल्टै बटुवालाई झम्टियो । बटुवाले छल्यो र बेतोडले जंगलतर्फ भाग्यो । भाग्दै जाँदा उसले ढुंगामा एउटा खरायो बसिरहेको देख्यो र खरायोसँग मद्दत माग्यो । खरायोले एउटा उपाय निकाल्यो । सोही उपाय बमोजिम बटुवा पिँजडातर्फ लाग्यो । बाघ त्यहीँ थियो, उसले बटुवालाई देखिहाल्यो र खाउँला जसरी झम्टियो । बटुवाले उपाय सम्झँदै बाघलाई रोकेर भन्यो, “म बुढो बटुवालाई खाएर के तिम्रो भोक मेटिन्छ ? बरु, मैले तिम्रा लागि एउटा खरायो पिँजडामा थुनेर राखिदिएको छु । तिमी त्यसैलाई खाऊ ।”
बाघले पहिले खरायोलाई खाएर बटुवालाई पनि खाने विचार गर्यो । उसले खरायोलाई झम्ट्यो तर खरायो बाघको मुनिबाट चिप्लेर पिँजडाबाट बाहिर निस्कियो र बाघलाई पिँजडामा थुनिदियो । बटुवाले बाघलाई भन्यो, “मैले तिमीलाई विश्वास गरेर पिँजडाबाट बाहिर निकालिदिएँ तर तिमीले मलाई नै आक्रमण गर्यौं। म अब तिमीलाई बाहिर निकाल्दिनँ । यति भन्दै खरायो र बटुवा घरतिर लागे ।
(सन्देशः– हामीले कसैलाई पनि चाहिने भन्दा बढि विश्वास गर्नु हुँदैन ।) कक्षा–७, मकवानपुर बालविद्या सदन