Home मुख्य समाचार निवर्तमान जिसस प्रमुख खुलालद्वारा घलानलाई जिम्मेवारी हस्तान्तरण

निवर्तमान जिसस प्रमुख खुलालद्वारा घलानलाई जिम्मेवारी हस्तान्तरण

नवनिर्वाचित जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानलाई बैठकको माइन्युट हस्तान्तरण गर्नुहुँदै निवर्तमान प्रमुख रघुनाथ खुलाल । तस्वीरः रामकृष्ण घोरासाइनी/समृद्ध समाज

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका नवनिर्वाचित प्रमुख ललितबहादुर घलानलाई निवर्तमान प्रमुख रघुनाथ खुलालले जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । बिहीबार दिउँसो सम्पन्न निर्वाचनबाट निर्वाचित घलानलाई बिहीबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराएर जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

समन्वय समितिका सदस्यहरुलाई सपथ गराउनुहुँदै नवनिर्वाचित प्रमुख ललितबहादुर घलान । तस्वीरः रामकृष्ण घोरासाइनी/समृद्ध समाज ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले समन्वय प्रमुख घलानलाई सपथ गराउनुभयो भने समन्वय प्रमुखले उपप्रमुख र सदस्यहरुलाई सपथ गराउनुभयो । बिहीबार सम्पन्न निर्वाचनबाट सत्तारुढ दलका गठबन्धनबाट उम्मेदवार बनेकाहरु विजयी भएका थिए । जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल विजयी हुनुभएको छ । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुनुभएको छ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित हुनुभएको छ ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुनुभएको छ ।

Exit mobile version