हेटौंडाः कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले जिल्लामा दैनिक उपभोग्य वस्तुको कारोबार गर्ने समय निर्धारण गरेको छ । बैठकले जारी लक डाउनको समयमा खाद्यान्न सामग्री विक्री वितरण गर्ने थोक तथा खुद्रा पसल बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खोल्न र दुध तथा दुग्धजन्य पदार्थको मात्र विक्री वितरण गर्ने डेरी पसल हिान ९ बजेसम्ममात्रै खोल्न दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । दैनिक उपभोग्य वस्तु खरिद गर्ने समय स्थानीय प्रशासनले निर्धारण गरे पनि लक डाउनका बेला प्रहरीको कडाईका कारण खाद्यान्न पसलसम्म कसरी जाने भन्नेमा सर्वसाधारणमा अन्योलको स्थिति छ ।