हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका आधारभूत तहका गणित विषयका शिक्षकका लागि २ दिने पुनर्ताजगि तालिम सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा सोमबार र मंगलबार दुई दिन तालिम सञ्चालन गरिएको हो ।

तालिममा शिक्षण विधि, शैक्षिक सामग्री, मूल्याङ्कन र नयाँ पाठ्यक्रमका बारेमा चर्चा हुने शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनु भयो । तालिममा ३० वटा विद्यालयका शिक्षक/शिक्षिकाहरु सहभागी छन् । तालिममा शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, आधुनिक माविका शिक्षक दीपक अधिकारी र कमल दाहाल, सिद्घार्थ माविका शिक्षक संगीता पुडासैनी, त्रिभुवन माविका शिक्षक हस्तलाल श्रेष्ठ, जनप्रिय माविका शिक्षक भूपेन्द्र चौलागाई, महेन्द्र किरण माविका शिक्षक होमनाथ ढकाल र राष्ट्रिय माविका शिक्षक उन्नति ढकालले सहजीकरण गर्नुहुनेछ ।