हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवन, जहाँ आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

हेटौंडाः कोरोना भइरस संक्रमणको आशंकामा हेटौंडा–४, श्रमिक माविस्थित क्वारेन्टाइनमा एकजना व्यक्ति थपिएका छन् । भारतबाट आएका हेटौंडा–१२ का ३४ वर्षीय पुरुषलाई गएराती साढे ८ बजे क्वारेन्टाइनमा राखिएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो । हल्का ज्वरो र खोकी लागेका व्यक्तिको कोरोना संक्रमण भए नभएको परीक्षणका लागि स्वाब काठमाडौं पठाइसकिएको पनि थपलियाले जानकारी दिनुभयो । शनिबार स्थलमार्ग हुँदै हेटौंडा आइपुगेका ती व्यक्तिलाई ज्वरो र खोकी आएसँगै क्वारेन्टाइनमा राखिएको हो ।