हेटौंडाः हेटौंडा–९ मा रहेको मानव सेवा आश्रमले दुई जनाको पारिवारिक पुनर्मिलन गराएको छ । हराएको १ बर्ष पछि निर्मल चौधरी र हराएको ६ महिनापछि प्रमिला चौधरीको पारिवारिक पुनर्मिलन गराएको मानव सेवा अभियानका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।
४० बर्षिय निर्मललाई आफनै घर विरगंजमै आमासँग मानव सेवा आश्रमका अभियान्ता ईशा थापाले पारिवारिक पुनर्मिलन गराएको छ । यसैगरी
७५ बर्षिय प्रमिलालाई पनि महोत्तरी घरमा छोरासँग पारिवारिक पुनर्मिलन गराएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट उद्दार गरिएको १ महिनापछि शनिबार पारिवारिक पुनर्मिलन गराउन सफल भएको पौडेलले जानकारी दिनुभयो ।