पुल उद्घाटन गर्दै ।

हेटौंडाः बकैया गाउँपालिकाको सिमात खोलामा निर्मित झोलुङ्गे पुल हस्तान्तरण गरिएको छ । झन्डै एक करोडको लगानीमा निर्माण भएको पुलको उद्घाटन बागमती प्रेदेश सभा सदस्य प्रेम बहादुर पुलामी ( छिन्तु)ले गर्नुभएको हो ।

पुल बकैया गाउँपालिकाको वडा–५ भित्री स्वारोबाट बकैया–४ मोक्तन स्वारो जोड्ने गरी सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । कादुरी एग्रीकल्चर एण्ड ब्रीटिश गोर्खा नेपालले पुलको निर्माण सम्पन्न गरि शनिबार पुल हस्तान्तरण गरेको हो ।

पुल हस्तान्तरणका क्रममा बकैया गाउँ पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्रि, ४ र ५ नम्बर वडा अध्यक्षहरु र पुल निर्माण संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।