हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनलबाट प्राप्त सहयोग सामग्री आज बिहान हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको हो ।
रोटरी क्लबले हेटौंडा अस्पताललाई पर्सन प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई), प्रसुतीका सामग्री, मास्क, जुत्ता, सेनिटरी प्याड, डेटोल ४० सेट प्रदान गरेको क्लबका निर्वाचित अध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष रामेश्वर श्रेष्ठ, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठको उपस्थितिमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा अस्पतालका डा. हरिबहादुर खड्का र हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरिएको सांगामीले जानकारी दिनुभयो ।