मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस रोकथाम, उपचार तथा भलाई कोषमा हेटौंडा खानेपानी बोर्ड र कर्मचारीले तीन लाख रुपैयाँ सहयोग गरेको छ । आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट नेतृत्वको समूहले मुख्यमन्त्रीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले जानकारी दिनुभयो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हिजो मात्रै उपभोक्तालाई न्यूनतम् शूल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको थियो ।